रिडीमा कृषि मेला प्रदर्शनी हुने
गुल्मि , पुस २४ गते । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्द्धन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
रिडी माघे सङ्क्रान्ति मेलाको अवसरमा यही माघ १ गतेदेखि ३ गतेसम्म रुरुक्षेत्र गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा कृषि मेला प्रदर्शनी हुन लागेको हो ।
कृषकलाई प्रविधिको बारेमा जानकारी गराउनुका साथै कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि कृषि मेलाको आयोजना गर्न लागिएको छ । उत्पादित कृषिजन्य वस्तुलाई प्रदर्शनीमा ल्याउनका लागि सबै कृषकलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली ९घोंगा तथा बाला वा झोप्पासहित०, तरकारी, आलु, टमाटर तथा कोसेबाली ९बोटसहित०, कन्दमुलरजरेबाली ९सिङ्गो०, मौरी ९चाकासहित०, कफी तथा अमिलो जातका फलफूल ९हाँगासहित०, मसला बाली, बीउबिजन, स्थानीय तथा रैथाने बाली लगायतका विभिन्न बालीहरू ल्याउनुपर्नेछ ।
प्रदर्शनी भएका कृषिजन्य वस्तुहरूलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिने छ । प्रथमलाई चार हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्त्वनालाई एक हजार रुपियाँ नगद पुरस्कार नियमानुसार प्रदान गरिनेछ ।
कृषि मेला प्रदर्शनीले कृषि उत्पादनमा विशेष टेवा पुर्याउने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रिडीमा कृषि मेला प्रदर्शनी हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्