विभिन्न सेवाका ९ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं, पुस २४ गते । विभिन्न सेवा तथा समूहका ९ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको विभिन्न बैठकबाट वन, कृषि र लेखापरीक्षण सेवातर्फका ९ शाखा अधिकृतलाई सोही सेवा तथा समूहतर्फको उपसचिव पदमा बढुवा गर्न सिफारिस भएका हुन् ।
जसमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल कृषि सेवाको बागवानी (हर्टिकल्चर) समूहतर्फका शाखा अधिकृत पद्मनाथ आत्रेय, जोगेन्द्र कान्टु र प्रमिला वाग्ले सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाका लागि १० जनाले आवेदन दिएका थिए ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाटै नेपाल कृषि सेवाकै बाली विकास (एग्रोनोमी) समूहतर्फका शाखा अधिकृत अरविन्दमणि त्रिपाठी सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाटै नेपाल कृषि सेवातर्फ नै माटो विज्ञान समूहतर्फका शाखा अधिकृत नेत्रप्रसाद भट्ट सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । यसमा २ जना उम्मेदवार रहेका थिए ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट नै नेपाल वन सेवाको स्वायल एन्ड वाटर कन्जरभेशन समूहतर्फका शाखा अधिकृत महेन्द्रप्रसाद चौधरी सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि ७ जना उम्मेदवार रहेका थिए ।
नेपाल लेखापरीक्षण सेवातर्फका शाखा अधिकृत शैलेन्द्रकुमार प्रसाईं, श्रीराम धिमाल र कृष्ण भट्ट सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । रिक्त रहेको ३ पदका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विभिन्न सेवाका ९ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्