श्रमजीवी पत्रकारलाई बिमासहित निःशुल्क उपचार गर्न माग
काठमाडौं, ललितपुर र भक्तपुर पत्रकार महासंघले श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई समेत राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा समेत कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई विशेष बिमासहित निःशुल्क उपचार गर्न माग गरेका हुन् ।
तीन जिल्लाका अध्यक्षले श्रमजीवी पत्रकारलाई तत्काल राहत प्याकेज दिन माग गर्दै लकडाउनको अवधिमा पत्रिका प्रकाशन गर्न कठिन भएको हुँदा सरकारले दिने सहुलियत यथावत् कायम गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडाैंका अध्यक्ष सन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारसँग यस्तो माग राख्दै सचेत भएर सतर्कतापूर्वक पेसागत धर्म निर्वाह गर्न पनि सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
जोखिमका वेला सञ्चारकर्ममा जुटेका सञ्चारकर्मीको स्वास्थ्यको सवालसँगसँगै आर्थिक पक्ष पनि अहिलेको चासोको विषय भएको प्रस्ट्याउँदै महासंघले पत्रकारका लागि समयमै पारिश्रमिक भुक्तानी र कार्यालयमा आउन–जान सवारीसाधनको व्यवस्था गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #श्रमजीवी पत्रकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्