परिस्थितिजन्य प्रशासनिक संकटबाट कानुनले मात्र बचाउन सक्छ, विधि र प्रक्रियाप्रति प्रतिवद्ध रहनोस् – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौं, पुस २४ गते । ‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ । यो कर्मचारीको धर्म हो ।’ विभागीय प्रमुखहरुसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईँहरु कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिवद्ध हुनुपर्छ ।’

वार्षिक लक्ष्य, लक्ष्यमा पुग्न विभागहरुले अहिलेसम्म सम्पादन गरेका काम र यसबाट प्राप्त नतिजाका विषयमा जानकारी लिँदै उहाँले, स्वीकृत, नीति, बजेट तथा कार्यक्रमले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न स्वतःस्फूर्त उत्प्रेरित हुन प्रोत्साहन गर्नुभयो । कतिपय समस्याहरु आपसी संवादबाट पनि सुल्झिन्छन् । यसकारण आन्तरिक सञ्चारलाई बलियो बनाउनोस् । आपसी सहयोग र सद्भाव कायम राख्नोस् । उहाँको आग्रह थियो ।
त्यस क्रममा विभागीय प्रमुखहरुले विभाग स्तरीय कार्यक्रमबाट प्राप्त उपलब्धीसँगै आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
नगर सभाको १५ औँ अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । विनियोजित यो रकममध्ये अहिलेसम्म ४ अरब १८ करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक प्रशासन प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । यो १६.८१ प्रतिशत हो ।
यस वर्ष आयतर्फ १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ लक्ष्यमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार अहिलेसम्म ४ अरब ८४ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डंगोल, #परिस्थितिजन्य प्रशासनिक संकटबाट कानुनले मात्र बचाउन सक्छ, #विधि र प्रक्रियाप्रति प्रतिवद्ध रहनोस् - कार्यवाहक प्रमुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्