Techie IT
आईतबार, भदौ २८,२०८३

लुम्बिनीको दान रकम गणना, एक करोड बढी सङ्कलन


बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीस्थित मायादेवि मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपियाँ सङ्कलन भएको छ।

आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले बताउनुभयो । उहाँले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोली गणना गर्ने गरिएको जानकारि दिनुभयो ।

दानपेटिकामा सङ्कलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउँछन् । दानवापत सङ्कलित आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक करोड बढी सङ्कलन, #लुम्बिनीको दान रकम गणना


तपाईको कमेन्ट लेख्नुहोस्