Techie IT
आईतबार, भदौ २८,२०८३

भुक्तानी नपाउँदा समस्यामा निर्माण व्यवसायी


नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीले भुक्तानी नपाउँदा निर्माण उद्योग कोमामा पुगेको जिकिर गर्नुभयो । एकातिर निर्माण सामग्रीको अचाक्ली मूल्य वृद्धि र अर्कोतिर सरकारले समयमा भुक्तानी नदिने परिपाटीले निर्माण व्यवसायीले काम गर्न नसक्ने वातावरण सृजना भइरहेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम निर्माण व्यवसायी महासङ्घका अध्यक्ष लक्ष्मण स्वाँरले निर्माण व्यवसायीहरु ८० प्रतिशत राज्यबाटै पीडित रहेको जिकिर गर्नुभयो । “हामी पनि गल्तीबाट अछुतो छैनौं २० प्रतिशत कमीकमजोरी हाम्रो पनि छ”, उहाँले भन्नुभयो, “तर, ८० प्रतिशत हामी राज्यबाटै पीडित छौं ।”

गरेको कामको सरकारले बेलैमा भुक्तानी नदिने उल्टै काम गरेन भनेर दण्ड जरिवाना गर्ने, कालोसूचीमा राख्ने जस्ता कार्य गरेर त्रसित बनाइरहेको निर्माण व्यवसायीको भनाइ छ । सुदूरपश्चिमका निर्माण व्यवसायीले सङ्घीय योजनाका डेढ अर्ब रुपियाँ भुक्तानी लिन बाँकी रहेको अध्यक्ष स्वाँरले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको योजनाको भुक्तानी भइरहेको छ । तर सङ्घीय सरकारका योजनाको काम गरेवापत पाउनुपर्ने ठुलो रकम होल्ड छ ।”

प्रत्येक स्थानीय तहमा बनिरहेको १५ शय्याको अस्पताल बजेट अभावकै कारण निर्माण कार्य सम्पन्न गर्न समस्या भइरहेको निर्माण व्यवसायीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भुक्तानी नपाउँदा समस्यामा निर्माण व्यवसायी


तपाईको कमेन्ट लेख्नुहोस्