तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तारकेश्वर काठमाडौं । आर्थिक वर्षको मध्यावधि अर्थात् पुस मसान्त सकिँदै गर्दा मङ्सिर २३ गतेदेखि तारकेश्वर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा मुख्य कामहरु नै अलपत्र परेको छ ।
पुस मसान्त सकिँदै गर्दा हिउँदे नगर अधिवेशन नगरसभा गर्नुपर्ने संघारमा आइपुग्दा नगरपालिकामा नगरसभाका सचिव समेत हुने तथा प्रमुख प्रशासकिय अधिकृत छैनन् । एक कर्मचारीले हामीलाई नाम नबताउने शर्तमा भनेका छन् – हाकिमको सरुवा पनि भएको छैन, दिनेश सर आउनु पनि भएको छैन । कार्यलयमा गएर हेर्दा ढोकामा नाम भएको बोर्ड झुण्डाइएको छ, तर बाहिर लेखेर कोठामा ताला लगाइएको छ । दैनिक कामकाज र कार्यालय प्रमुखबाट सम्पादन गराउनुपर्ने तथा उहाँकै तोकादेशका आधारमा सम्पादन गर्नुपर्ने कतिपय कामहरु गर्न पाएका छैनौं । यसले गर्दा हामी शाखालाई समेत धेरै अप्ठ्यारो परिरहेको छ । नगरसभामा स्वीकृत वार्षिक कार्यक्रमहरु चौमासिक रुपमा लक्ष्य नै लिएर सम्पादन गर्न अगाडि बढाउनुपर्नेमा आर्थिक अधिकार प्राप्त कर्मचारी नहुँदा समयमा सम्पन्न गर्न गार्हो भएको बताए ।ति कर्मचारी भन्छन् – नयाँ हाकिम आउने कुराको पनि अत्तोपत्तो नै छैन्, कार्यालयका धेरै कामहरु रोकिएका छन् । कार्यालय प्रमुख नहुँदा अफिस नै सुनसान जस्तै छ ।
तारकेश्वर नगरपालिकामा पुराना कार्य सम्पन्न भएका योजना तथा कार्यक्रमको अन्तिम भुक्तानीहरु समेत हुन नसकेकोमा निर्माण व्यवसायी र उपभोक्ता समितिले फरकपत्र डटकमसँग बताएका छन् ।

गत २०८१ असार १० मा सम्पन्न १५ औं नगरसभाबाट स्वीकृत भएको तारकेश्वर नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमको किताव ६ महिना सकिदै गर्दा यही पौष महिनामा प्रकाशनमा आएर वडा वडामा योजनाहरु सम्झौताका लागि पुगेता पनि यसभन्दा अगाडि नै सम्पन्न भईसकेको कामको त भुक्तानी नआएको एक वडाअध्यक्षले हामीसँग दुखेसो पोखेका छन् । आर्थिक वर्ष सुरुवातको ६ महिनाको समय भनेको विकास निर्माणको हिसाबले एकदमै पिक आवर हो । जुन समयमा धेरै कामहरु सम्पन्न गरीसक्नुपर्ने तथा थालनी गर्नुपर्ने हुन्छ ।
नगरपालिकामा विभिन्न शाखाका कर्मचारीहरु काम गर्ने वातावरण नभएपछि सरुवा लिएर अन्यत्र गएका छन् भने कोही काममा अनावश्यक टर्चरका कारण स्वेच्छिक अवकाश भन्दै अवकाशमा बसेका छन ।
यसरी संघीयता कार्यान्वयन पछि जनताको घरदैलोमा स्थानीय सरकारको रुपमा सम्पूर्ण अधिकार सहित आएको देशकै राजधानी काठमाडौको तारकेश्वर नगरपालिकामा एक महिनादेखि कार्यालय प्रमुख विहिन हुनुले सुशासन र जनताको सेवा प्रवाहमा चुस्तता ल्याउनमा थप अन्योलता देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्