कोरोनाको संग सम्बन्धित सामाग्रीहरुको अवस्था बुझ्न हित बहादुर तामाङ्ग समेतको टोली नुवाकोट भ्रमणमा
नुवाकोट । कोरोना भाइरस कोभिड(१९ को बिश्वब्यापी प्रकोप बढिरहेको र नेपाल सरकारले लगडाउन घोषणा गरेको १२ औदिन वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ र संघिय सांसद हित बहादुर तामाङ्ग समेतको टोलिले नुवाकोटका विभिन्न निकायहरुमा भ्रमण गरेको छ ।
भ्रमणको क्रममा कोभिड (१९ ले नुवाकोटका जनतामा पारेको प्रभाव, रोकथाम ,नियन्त्रण र उपचारको लागि आबश्यक तयारी संग सम्बन्धित आईसोलेन र क्वारेन्टाइन वार्डहरुको निर्माण, औषधी ( उपकरण र अन्य स्वास्थ्य सामाग्री , स्वास्थ्यकर्मीहरुको उपलब्धताको अवस्था आदिको जानकारी लिएको छ ।
स्वास्थ्यकर्मीहरुको सुरक्षा संग सम्बन्धित सामाग्रीहरुको अवस्था , बिदेश र जिल्ला बाहिरबाट घर फर्कनेहरुको संख्या र तीनका स्वास्थ्य स्थिति , दैनिक ज्यालादारी एवम् विपन्न समुदायका दैनिकी गुजारा सम्बन्धि अवस्था , विपन्न समुदायलाई वितरण गर्ने भनिएको राहत सम्बन्धि मापदण्ड र त्यसको लागि स्थानीय निकायहरुले लगत संकलन सम्बन्धि कामको प्रगति विवरण लगायतका बिषयहरुमा अध्ययन तथा छलफल समेत गरिएको तामाङ्गले बताए ।

त्यस क्रममा जिल्ला अस्पताल त्रिशूली, शिवपुरी गाउँ पालिका कार्यालय, पञ्चकन्या , दुप्चेश्वर गाउँ पालिका र तादी गाउँ पालिका कार्यालयहरुमा पुगेर गाउँ पालिकाका प्रमुख एवम् अन्य जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मी तथा स्थानीय तहका कर्मचारीहरु संग अन्तरक्रियात्मक छलफल समेत भएको उनले बताए।
उक्त भ्रमण टोलीलाई वाग्मती प्रदेशका सदस्य माननीय हिरानाथ खतिवडा , जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ , प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेल एसपी अभिनारायण काफ्ले , जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद न्यौपाने , त्रिशूली अस्पताल कार्यालय प्रमुख सागर घिमिरे ,त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राई, डाक्टर राजेन्द्र तामाङ , अस्पताल ब्यवस्थापन अधिकृत प्रकृति आचार्य लगायतकाले सहभागीता रहेको थियो ।
उक्त भ्रमणको क्रममा शिवापुरी गाउँ पालिका,दुप्चेश्वर गाउँ पालिका र तादी गाउँ पालिकालाई १–१ थान उच्च तापक्रम मापन यन्त्र इन्फारेड थरमल सेट हामी दुवै जनाले संयुक्त रुपमावितरण गरेको सांसद हित बहादुर तामाङ्गले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #हित बहादुर तामाङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्