माझी बस्तीको निरीक्षण
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित माझी टोलमा चिकित्ससहितको विज्ञ टोलीले निरीक्षण गरेका छन् । माझी टोलमा नवजात शिशुको अकालमै मृत्यु हुने गरेको खबर बाहिरिएपछि चिकित्सक टोलीले निरीक्षण गरेका हुन् ।
मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा।रुबी सिंहलगायतका चिकित्सा अधिकारीको टोली माझी टोलमा पुगेर निरीक्षण गरेको जनाइएको छ ।
अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाशले माझी टोलमा नवजात शिशुको अकालमै मृत्यु हुँदै हुने गरेको विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गम्भीरता देखाउँदै बस्तुस्थिति बुझ्न हामीलाई पठाएको बताउनुभयो । पीडित भनिएकाहरुको दैलोमै पुगेर घटनाबारे जानकारी लिएको उहाँले जानकारी दिनुभयो ।
चिकित्सा महाशाखाका प्रमुख वर्षाले प्रकाशमा आएजस्तो भयावह अवस्था नदेखिएको बताउँदै एक महिनाअघि चार महिनाको एक नवजात शिशुको मृत्यु भएको तथ्य भेटिएको बताउनुभयो । वंशानुगत, रहनसहन, उपचार अभाव आदिमध्ये कुन कारणले नवजात शिशुको मृत्यु भएको भन्ने विषयमा छलफल गरेरे बताउने उहाँको भनाइ छ ।
त्यसअघि माझी टोलमा नवजात शिशुको अकालमै मृत्यु हुने गरको विषयमा समाचार प्रकाशनमा आएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तत्कालै आफ्ना प्रेस सल्लाहकार अनिलकुमार कर्ण र स्वकीय सचिव रविन सिंहलाई माझी टोल पठाएर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो। मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णले माझी टोलका पीडित भनिएकाहरूको घरमा पुगेर नवजात शिशुको मृत्यु हुने गरेका घटनाबारे जानकारी लिनुभयो ।
त्यसक्रममा केही दिनअघि मात्रै चार महिने छोरी गुमाएका कृष्णबहादुर माझीसँग मुख्यमन्त्री सिंहले फोन सम्वाद गर्नुभयो । उहाँले कृष्णबहादुरको नवजात शिशुको एक महिनाअघि भएको निधनप्रति शोक व्यक्त गर्दै अकालमा कुनै पनि शिशुको ज्यान गुम्ने स्थितिलाई रोक्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले स्वास्थ्य टोलीले यकिन गरेपछि माझी टोलमा प्रबद्र्धनात्मक, नियन्त्रणात्मक तथा उपचारात्मक कार्य सरकारले अघि बढाउने बताउनुभयो । तत्काल जाडोबाट जोगिन २२ विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माझी बस्तीको निरीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्