मधेशमा भूकम्पबारे विवरण सङ्कलन गरिँदै
मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा मधेश प्रदेशको सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले प्रदेशमा पुर्याए क्षति बारे विवरण सङ्कलनको काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सुबासचन्द्र बोहराले बाराको कलैया उपमहानगरपालिका देवकोटा चोकस्थित त्रिचन्द्र माध्यमिक विद्यालय १० जना छात्रा त्रसित भएर अचेत भएको बताउनुभयो । उपचार पश्चात ति छात्राहरु घर फर्किएको उहाँले जानकारी दिनुभयो ।
उहाँको अनुसार त्यसबाहेक स्थानीय तह र मातहतका प्रहरी निकायमा बुझ्दा अहिलेसम्म भूकम्पबाट ठुलो तथा मानवीय क्षतिको विवरण आएको छैन । यद्यपि मातहतका प्रहरी कार्यालयबाट विवरण सङ्लकनको काम भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मधेशमा भूकम्पबारे विवरण सङ्कलन गरिँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्