धुलो दुध कारखाना अलपत्र
बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र छ । कारखाना सञ्चालन गर्ने खाका (मोडालिटी) बिना नै काराखाना निर्माण गरिएको र निर्माण भएको लामो समय भइसक्दा पनि सञ्चालन मोडालिडीको अभावका कारण उद्योग अलपत्र बनेको हो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतको दुग्ध विकास बोर्डमार्फत निर्माण भएको कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति, लागत रकम, सञ्चालन मोडेल, कच्चा पदार्थलगायतका विषयमा बोर्ड र मन्त्रालय अन्योलमा छ ।
परियोजना प्रस्ताव बनाउने समयमा सञ्चालन मोडालिटी नबनाएकाले हाल परीक्षण उत्पादनका नाममा कारखाना दुग्ध विकास संस्थानलाई तत्कालका लागि सञ्चालन गर्न दिइएको छ । उद्योग सञ्चालन नगर्दा उपकरण बिग्रने र काम नलाग्ने अवस्था आउने भएपछि संस्थानलाई सञ्चालन गर्न दिइएको हो ।
मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले सरकार आफैँले कारखाना सञ्चालन गर्न समस्या हुने देखेपछि विकल्प खोजिएको बताउनुभयो ।
किसानले उत्पादन गरेको दुध खेर जान नदिन र मिल्क होलिडेको समस्या टार्न उद्योग स्थापनाको अवधारणा ल्याइएको भए पनि बिनाविस्तृत अध्ययन निर्माण गरिएकाले कारखाना सञ्चालन मोडालिटीको अभावमा उद्योग पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनसमेत सकस भएको छ । विसं २०७७ पुस ९ गते सम्झौता भई २०७८ मङ्सिर २९ गते सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको कारखाना झन्डै दुई वर्ष ढिला निर्माण पूरा भएको थियो ।
प्रदेश सरकारले कुन मोडेलमा सञ्चालन गर्ने भन्ने मोडालिटीबारे अध्ययन गर्न प्रदेश नीति तथा योजना आयोग बागमतीका सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई सुझाव प्रतिवेदन बुझाएको छ ।
समितिमा डा. आलोक प्रसाई, प्रह्लाद दाहाल, किशोर बगाले, राजीव खनाल र डा. रामप्रकाश श्रेष्ठ रहनुभएको थियो ।
आयोगका सदस्य श्रेष्ठले हेटौँडा धुलो दुध उद्योगको सञ्चालन मोडालिटी बनाउन गठित अध्ययन समितिले सार्वजनिक, निजी सहकारी साझेदारी (पिपिसिपी) अवधारणमा कारखाना सञ्चालन गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।
उक्त मोडेलमा सो उद्योग सञ्चालनले बागमतीका दुग्ध किसान लाभान्वित भई समृद्ध बागमतीको आधार निर्माणमा योगदान गर्ने उहाँको दाबी छ । उद्योग निर्माणका लागि सुरु सम्झौता ४१ करोड २२ लाख ७१ हजार ५१३ रुपियाँमा भए पनि विभिन्न कारण देखाउँदै निर्माण लागत बढाएर ४७ करोड ३३ लाख २४ हजार रुपियाँ पु¥याइएको थियो ।
दुग्ध विकास संस्थानले सञ्चालन गर्दै आएको हेटौँडा उपमहानगरपालिका–१०, सिसौघारीस्थित डिडिसी पशु आहार उत्पादन कारखानाको दुई बिघा क्षेत्रफलमा निर्माण भएको धुलो दुध कारखानाको दैनिक पाँच मेट्रिक टन धुलो दुध उत्पादन र प्याकिङ क्षमता रहेको उद्योगमा दैनिक ५० हजार लिटर दुध खपत हुने छ ।
गत वर्ष मङ्सिरमा निर्माण सम्पन्न भए पनि मन्त्रालयले उद्योग सञ्चालन कार्ययोजना नबनाएका कारण कारखाना परीक्षणका रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो ।
अध्ययन समितिका संयोजक रहनुभएका श्रेष्ठले पिपिसिपी अवधारणाको र उक्त अवधारणा अनुसार कारखाना सञ्चालन गर्न ऐन बनाउनुपर्ने बताउँदै ऐन बन्न कम्तीमा छ महिना लाग्ने बताउनुभयो ।
प्रदेश सरकारले यसअघि कारखानामा गरेको लगानीलाई शून्य मानेर अब प्रदेश सरकार ५५ प्रतिशत, निजी ३० र सहकारी १५ प्रतिशत लगानी गर्ने गरी सञ्चालन गर्न सुझाव दिएको बताउँदै उहाँले पाँच करोड सेयर पुँजी राख्ने गरी प्रतिवेदन बुझाइएको बताउनुभयो ।
प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रतिवेदन प्राप्त भएको र अध्ययनका व्रmममा रहेको बताउँदै अध्ययनपछि सरकारले कारखाना सञ्चालनका लागि मोडालिटी तयारीसँगै आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
उक्त जग्गा पाउडर प्लान्ट स्थापना गर्न २० वर्षलाई लिएकोमा तीन वर्ष निर्माणमा सकिएकाले अब बाँकी अवधि सम्झौता गरी सञ्चालन गर्न दिने गरी मोडालिटी तयार गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धुलो दुध कारखाना अलपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्