Techie IT
आईतबार, भदौ २८,२०८३

नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त गस्ती


नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कपिलवस्तुमा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बलले संयुक्त गस्ती सञ्चालन गरिएका छन् ।

दशगजा क्षेत्र वरपर हुन सक्ने आपराधिक गतिविधिलाई निरुत्साहित गर्ने, तस्करी नियन्त्रण गर्ने तथा सीमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले गस्ती सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो ।

गस्ती टोलीले सीमा क्षेत्रका बासिन्दाहरूसँग पनि छलफल गरी त्यस देखिएका समस्या र अवैध क्रियाकलापबारे जानकारी लिएको सशस्त्र प्रहरी २८ नम्बर गणपति रामजंग पाण्डेले बताउनुभयो । गस्ती टोलीमा २२ जना खटिएका थिए । टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगको सहकार्य गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त गस्ती


तपाईको कमेन्ट लेख्नुहोस्