जय ट्रफीमा मयनको शतक
मधेश प्रदेशका मयन यादवले ‘जय ट्रफी मेन्स एलाइट कप’ मा शतक प्रहार गर्नुभएको छ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आइतबार देखि जनकपुर र वीरगन्जमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन सोमबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशका मयनले बागमती प्रदेशविरुद्ध शतक प्रहार गर्नुभएको हो ।
उहाँ यस प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बन्नुभएको छ । दोस्रो दिनको खेल जारी रहँदा मयनले एक सय ६ रन बनाउनुभयो । उहाँले एक सय आठ बलमा १२ चौका र दुई छक्काको सहयोगमा शतकीय पारी खेल्नुभएको हो ।
टेस्ट संरचनाको रुपमा सञ्चालित प्रतियोगितामा मधेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जय ट्रफीमा मयनको शतकजय ट्रफीमा मयनको शतक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्