नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा कूटनीतिक पहल भइरहेको छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानकर्षण भएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीमाथिको छलफलका क्रममा नेकपा एमालेका सांसद रघुजी पन्तले त्यस विषयमा ध्यानाकर्षण गराएपछि उनले सरकारको ध्यानाकर्षण भएको जनाएका हुन् ।
गृहमन्त्री लेखकले एमाले सांसद पन्तले ध्यानाकर्षण गराएको विषयमा जवाफ दिँदै भने, ‘कञ्चनपुरमा भारतीय नागरिकले भोगचलन गरेकोमा सरकारको ध्यानाकर्षण भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार जानकार छ । जिल्लामा रहेका सुरक्षा निकाय, राष्ट्रिय निकुञ्जलगायतबाट जानकारी प्राप्त भएको छ । यसका बारेमा छलफल पनि गरेका छौं । भारतीय नागरिकले हाम्रो भूभागमा खेतीपाती गरेका छन् ।’
गृहमन्त्री लेखकले सीमाको विवाद नरहेको, तर एउटा पिल्लर राख्नुपर्ने अवस्था आएको र त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराए ।
उनले भने, ‘सीमाको त्यति विवाद छैन । यसमा एउटा पिल्लर राख्नुपर्ने रहेछ । दुबै देशको सहमतिमा राख्नुपर्ने भएकाले दुबै देशका बिचमा छलफल भइरहेको छ । सहमति गरेर नै राख्ने संयन्त्रको पनि ध्यानाकर्षण गराइएको छ । आफ्नो भूमिको सिमानाको रक्षा गर्न सरकार कटिबद्ध छ, यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले भोगचलन गर्ने विषयमा कूटनीटिक पहलबाट समाधान गर्छौं, यसमा सरकार गम्भीर छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा कूटनीतिक पहल भइरहेको छ: गृहमन्त्री लेखक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्