पाँच महिनामा चार लाख क्युविक फिटभन्दा बढी गोलिया निकासी
ताप्लेजुङमा पछिल्लो पाँच महिनाको अवधिमा चार लाख क्युविक फिटभन्दा बढी गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्ष २०८१र८२ को मङ्सिर मसान्त सम्ममा उक्त परिमाणमा काठ ९गोलिया० निकासी भएको हो ।
डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्सिर मसान्तसम्ममा कुल चार लाख २६ हजार २५३ क्युविक फिट काठ निकासी भएको छ । वन अधिकृत पासवानले निजी वनबाट सो काठ निकासी भएको बताउनुभयो । उत्तिस, चिलाउने, मलातोजस्ता प्रजातिका काठ निकासी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार निकासी भएको काठको उक्त परिमाण पाँच महिनाको विवरण भए पनि अधिकांश तीन महिनाभित्र निकासी गरिएका हुन् । बर्खा यामका कारण साउन र भदौ महिनामा खासै काठ निकासी नभएको तथा असोज, कात्तिक र मङ्सिरमा अधिकांश काठहरु निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यता सो परिमाणको काठ ९गोलिया० निकासी हुँदा मूल्य अभिवृद्धि करअन्तर्गत एक करोड ३० लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै सोही काठ निकासीबाट प्रदेश सेवा शुल्कबापत एक लाख ६५ हजार रुपियाँ रकम सङ्कलन भएको सोमबार बसेको जिल्ल वन क्षेत्र समन्वय समितिको बैठकमा वन अधिकृत पासवानले जानकारी दिनुभयो । उहाँले बैठकमा अन्य गतिविधिबारे पनि अवगत गराएको छ ।
गत वर्ष ताप्लेजुङबाट करिव १७ लाख क्युविक फिट काठ निकासी भएको थियो । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत आवमा कुल १६ लाख ८३ हजार ३६३ क्युविक फिट काठ निकासी भएको छ । सो परिमाण बराबरको काठ निकासी गर्न इजाजत दिएबापत डिभिजन वन कार्यालयले छ करोड ३५ लाख ३४ हजार ९२६ रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच महिनामा चार लाख क्युविक फिटभन्दा बढी गोलिया निकासी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्