अक्खा लिपि संरक्षणमा युवा पुस्ताको चासो
स्याङ्जाका मगर समुदायले आफ्नो भाषा र लिपि प्रति चासो देखाउँदै गएका छन् । बढ्दो सहरीकरण र आधुनिकताका कारण आफ्नो भाषा नै लोप हुने अवस्थामा पुग्नसक्ने भन्दै गल्याङका मगर समुदाय युवा पुस्तालाई भाषा सिकाउन सक्रिय भएका हुन् ।
नेपाल मगर सङ्घ गल्याङ नगर समितिको माग र सक्रियतामा गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजना एवम् गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको व्यवस्थापकीय संयोजनमा मगर भाषा तथा अक्खा लिपिको १५ दिने प्रशिक्षण आइतबारबाट गल्याङमा सुरु भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले नेपालका विभिन्न प्रकृतिका भाषाहरू संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
मगर भाषाको पुस्तान्तरण होस् भनेर प्रशिक्षण राखिएको गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले जानकारी दिनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख कृष्णप्रसाद पौडेल, गल्याङ नगरपालिका–३ का वडा अध्यक्ष तथा प्रवक्ता कृष्णप्रसाद भट्टराई, नेपाल मगर सङ्घका केन्द्रिय
सचिव लोकेन्द्र तरामु मगर, गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक मिलन समीर लगायतले भाषा र यसको महत्त्वका बारेमा भनाई राख्नुभएको थियो । गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य गुमबहादुर रानाले मगर भाषा तथा अक्खा लिपिको बारेमा प्रशिक्षण दिनु हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अक्खा लिपि संरक्षणमा युवा पुस्ताको चासो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्