लागुऔषधसहित पाँच जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका ७ बाट ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध बोक्ने र कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मध्यरातमा धरान उपमहानगरपालिका वडा नं।७ स्थित कोशी राजमार्गमा विशेष सूचनाको आधारमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १९ का २१ वर्षीय रोहित कार्की र सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग राईलाई पक्राउ गरेको हो ।
यसैगरी, पक्राउ परेकाहरुको झोला चेकजाँच गर्दा झोला भित्रबाट प्रतिबन्धित औषधी स्पासपेन–३०० ट्याब्लेट र लागुऔषध ट्रामाडोल–३०० ट्याब्लेट भेटिएकाले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी युनिटहरुको सक्रियामा लागुऔषध ओसारपसार र कारोबारी समेतलाई पक्राउ गर्ने क्रम बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लागुऔषधसहित पाँच जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्