यलम्बर संवतका अवसरमा साताव्यापी कार्यक्रम
किरातीहरुको नयाँ वर्ष यलम्बर सम्बत् ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गरिने भएको छ ।
किरात यायोक्खा सुनसरीको भवनमा पत्रकार सम्मेलन गर्दै किरात राई यायोख्खा सुनसरीले यलम्बर संवत्लाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्न राज्यलाई दबाब दिदैँ साता व्यापी कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
नेपालको इतिहास विभिन्न कालखण्डमा विभाजित छन् । जसमध्ये प्राचीन कालमा किरातीहरुको राज्य करिब ३२ पुस्ताले १९६३ वर्ष ८ महिना राज्य चलाएकोमा किरातीहरुको प्रथम राजा हाङ्ग यलम्बर हुन र उहाँकै नाममा चलाइएको सम्वत यलम्बर सम्बत रहेको किरात राई यायोख्खा सुनसरीको अध्यक्ष राजेन्द्र राइले बताउनुभयो ।
यसलाई राई, याक्खाले यलदुङरयलदोङ, लिम्बुहरुले यलेतडवे, सुनुवारहरुले यलेथोचे, आदि विभिन्न नामले सम्बोधन गरेको पाइन्छ । नेपालमा साल सम्बत चलाउने विभिन्न परम्परा र प्रथाहरु छन् । जसमध्ये हाङ यलम्बरले किरात शासन स्थापना गरेको ऐतिहासिक घट्नालाई आधार मानी यलम्बर सम्बत चलनमा आएको हो जुन संवत् ५०८५ लागेको अध्यक्ष राइले बताउनुभयो ।
सभ्यताले हजारौं वर्ष व्यतित गर्ने हुनाले यो सभ्यताको गर्भभित्र स्वाभाविक रुपमा भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, मुल्य मान्यता, रितिरिवाज आदिको विकास भएका छन । किरात भूगोल हो, यस अर्थमा तत्कालिन प्रशासनिक केन्द्रको विभाजन वल्लो किरात, माझ किरात र पल्लो किरात भनी वर्तमानमा पनि परिचित छन्, त्यसो भएको हुनाले त्यही समयदेखि यलेदोङ यलम्वर सम्बतको विकास र थालनी भएको मानिने उहाँले बताउनुभयो ।
नेपालको प्राचीन सम्बत् यलम्बर सम्बत ५०८५ लाई अब सरकारले लागू गर्नुपर्ने अध्यक्ष राईले बताउनुभयो । नेपालीको पहिचान, माटोसँग जोडिएको यो सम्बतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएमात्र अहिलेको राष्ट्रिय गीतसँग मेल खाने उहाँले बताउनुभयो ।
साताव्यापी कार्यक्रम पौष २५ देखि माघ २ गतेसम्म आयोजना कार्यक्रममा छेलो हान्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, महिला फुटबल प्रतियोगितासँगै हाङ एलेम्बरको प्रतिमामा दिप प्रज्वलन, ८५ वटा बेलुनसहित सुम्निमा पारुहाङ अंकित लोगो र यायोख्खाको गौरवशाली झण्डा उडाउने कार्यक्रममा रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले, सदस्य रोहित कुलुङ राई र प्रदेश पार्सद विकास चाम्लिङलाई सम्मान समेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यलम्बर संवतका अवसरमा साताव्यापी कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्