Techie IT
मंगलबार, कात्तिक २५,२०८३

भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना : तीन जनाको मृत्यु


भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकोप्टर दुर्घटना भएको हो ।

हेलिकोप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यको जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो । दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन् ।

दुर्घटना आइतबार दिउँसो १२ः१० बजे भएको थियो । भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना : तीन जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्