Techie IT
मंगलबार, कात्तिक २५,२०८३

भद्रपुर उडेको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइयो


काठमाडौँ, पुस २२ गते । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको विमानमा समस्या देखिएको छ ।

बुद्ध एयर उडान नं ९५३ को कलसाइन नाइनएन(एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं नै फिर्ता गरेर अवतरण गराइएको हो ।

विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमानका यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भद्रपुर उडेको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइयो


तपाईको कमेन्ट लेख्नुहोस्