काठमाडौंमा अवस्थीत ईन्दिरा आईभीएफ नेपालले मनायो पहिलो वार्षिकोत्सव
काठमाडौँ, २० पुस । काठमाडौंमा अवस्थीत पानीपोखरीमा रहेको इन्दिरा आईभीएफ नेपाल सेन्टर दोस्रो वर्ष प्रवेश गरेको छ । शनिबार सेन्टरमा आयोजित बार्षिकोत्सव समारोहमा प्रतिनिधि सभा सांसद कल्पना मिया कुसारी, इन्दिरा आईभीएफका संस्थापक डा. अजय मुर्दिया, र इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा होमगाईले संयुक्त रुपमा केक काटेका थिए ।
सो अवसरमा बोल्दै सांसद कुसारीले निसन्तान दम्पत्तीका लागि आईभीएफ सेन्टर बरदान भईरहेको भन्दै इन्दिरा आईभीएफले उपलव्ध गराएको सेवाको प्रसंसा गरिन । उनले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन ।

आईभीएफका संस्थापक डा मुर्दियाले भारत र नेपालमा गरी कुल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म १ लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताए । उनले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ठ सेवा दिन सफल भएको बताए ।
इन्दिरा आईभीएफ पानी पोखरीका प्रमुख डा होमगाईँले आफूकहाँ आएका केशहरुमा औषत रुपमा ८५ प्रतिशत बढी सफलता मिलेको बताईन । सो अवसरमा उनले सानो प्रस्तुतिकरण समेत दिएकी थिईन् । जसमा गुणस्तरीय सेवा प्रदान गर्न इन्दिरा आईभीएफले अपनाएका विधि समेत उल्लेख थियो ।
इन्दिरा आईभीएफको शाखा नेपालमा भित्र्याउने सञ्चालक उमेश अग्रवालले एक वर्षको अवधीमा दिन सकेको सेवा र आर्जन गरेको विश्वासले आगामी दिनमा थप सेवा गर्ने मौका पाउने बताए । उनले सेवामा खटिने आफ्ना कर्मचारी तथा नेपालमा शाखा खोल्न राजी हुने डा मुर्दिया लगायतलाई धन्यवाद दिए ।
प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि वरदान नै हो । यस प्रविधिबाट धेरै दम्पतीले सन्तान सुख प्राप्त गरेका छन् ।
नेपालमा सन् २००५ मार्च १३ मा अर्थात् २०६१ साल फागुन २० गते आईभीएफ प्रविधिमार्फत पहिलो बच्चाको जन्म भएको थियो । पछिल्लो समय यो पद्धतिमार्फत लाखौँ दम्पतीले सन्तान प्राप्त गरिसकेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा अवस्थीत ईन्दिरा आईभीएफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्