प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु
बिरामीका आफन्त रोशन चौधरीलाई निःशुल्क रक्त प्रदान गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाहले सेवाको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले आफू दोस्रो पटक मुख्यमन्त्री हुँदै गर्दा पहिलो निर्णयमै निःशुल्क रक्त उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयले महत्त्वपूर्ण कार्यको थालनी गरेको उल्लेख गर्नुहुँदै रेडक्रस निःस्वार्थमा सेवा गर्ने संस्था रहेको र यसमा दायाँबायाँ, भ्रष्टाचार नहुने गरेकाले प्रदेश सरकारले विश्वास गरेर रेडक्रससँग सहकार्य गरेको उल्लेख गर्नुभयो ।
“यो सहकार्य प्रदेश सरकारले अस्पतालहरूसँग पनि गर्न सक्दथ्यो”, मुख्यमन्त्रीले भन्नुभयो,“तर रेडक्रस अझ बढी विश्वासिलो संस्था रहेकाले सरकारले रेडक्रससँग सहकार्य गरेको हो ।” प्रदेश सरकारले सुम्पेको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न उहाँले रेडक्रसकर्मीहरूलाई आग्रह गर्नुभयो ।
यसैगरी सामाजिक विकास मन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न वर्ग लगायतका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशमै सबैभन्दा बढी १०७ पटक रक्तदान गर्नु हुने दीपक उपाध्यायलाई सो अवसरमा रक्तदान सद्भावना दूत नियुक्त गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्