बजार अनुगमन , कालोबजारी नियन्त्रण , प्रचार प्रसारमा सामुदायीक प्रहरी गोंगबुको सक्रियता
शालिकराम लामीछाने
काठमाडौ । यतिखेर विश्व मानवजातिको रक्षामा केन्द्रित छ । सबै किसिमका पारस्परिक द्वन्द्व र असहमतिलाई बिर्सेर विश्व एक भई मानव रक्षाका लागि जुटेको छ । तथापि, इतिहासकै शक्तिशाली मानिएको कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव न्यूनीकरण हुन सकेको छैन । विभिन्न सूचना र निर्देशन जारी गर्दै आएको सरकारले सबैलाई धैर्य हुनु र सजगताका साथ रहन आग्रह गरेको छ ।
यसको रोकथाम र नियन्त्रणका लागी सरकार , स्थानिय तह लगायत बिभिन्न संघ सस्थाहरुले समेत अगुवाई गरीरहेका छन ।
सामुदायीक प्रहरी सेवा गोगंबुले पनि आफ्ना श्रेत्रका नागरीकहरुको स्वाथ्यका लागी बिभिन्न कार्यहरु गदै आएको छ । कोरोना बिरुद्धको घर दैलो कार्यक्रम , नागरिक सचेतना कार्यक्रम , बजार अनुगमन , कालोबजारीमा नियन्त्रण लगागतका क्रृयाकलाप अगाडी बढाइएको अध्यक्ष राकेश सीहंले जानकारी दिए ।
सो क्रममा पनि नागरिकलाई सावधान रहन आग्रह गरे ।

सरसफाइमा उचित ध्यान दिन, साबुनपानीले पटकपटक हात धुन र सेनिटाइजर प्रयोग गर्न, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन र चिकित्सक, विज्ञ तथा प्राविधिकको सल्लाह पालना गर्न सुझाए । यसैगरी, उनले धैर्यवान् र सावधान हुन, संयम अपनाउन र आतंकित नहुन पनि अनुरोध गरेका छन ।
समाजका विभिन्न प्रकारका तथ्याङ्क तथा सूचनाहरूको विश्लेषण गरी समाजमा घट्ने विभिन्न अपराधजन्य क्रियाकलापहरू न्यूनीकरण गर्दै समाजमा शान्ति सुव्यवस्था अमनचैन कायम गर्ने कार्यमा उल्लेख्य योगदान पु¥याउनको निम्ति समाजमा रहेका संघ ,संस्था, क्लब, को माध्यमद्वारा युवा तथा जनसमुदायलाई सशक्त ढङ्गबाट परिचालन गरी विभिन्न रचनात्मकक्रियाकलापहरू सञ्चालन गर्दै एकआपसमा भातृत्वको विकास गरेर एउटा सुरक्षित, सुसस्कृत एवं समुन्नत समाजको सिर्जना गर्ने यो उदेश्य रहेको छ ।
नेपाल प्रहरी एवं जनताको सहभागितामा सामुदायिक प्रहरी सेवामार्फत समाजमा अमनचैन एवं शान्ति
कायम गर्ने स्थानीय जनतामा सुरक्षाको अनुभूति बढाउँदै जनविश्वास कायम गर्ने यसको मूल लक्ष्य
रहको कोषाध्यक्ष पुरुषोतम आचार्यले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #सामुदायीक प्रहरी सेवा गोगंबु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्