प्रहरीलाई ठक्कर दिन खोज्ने स्कार्पियोमा १५५ केजी गाँजा
काठमाडौँ ,पुस १८ गते । भारततर्फ लैजाँदै गरेको अवस्थामा १५५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बुधबार राति १०ः१५ बजे को १ च ९५८२ नम्बरको स्कार्पियोलाई विराटनगर–१८ भट्टाचोकमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी भागेको गाडीलाई जहदा गाउँपालिका १ धुनीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
मोरङका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका चिमरियाका अनुसार धरानबाट गाँजा लिएर विराटनगरतर्फ आइरहेका विशेष सूचनाका आधारमा भट्टाचौकमा इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले रोक्न खोजेको थियो । तर प्रहरीलाई झुक्याएर गाडी पूर्वतर्फ भागेपछि जिल्लाबाट प्रहरी नायब उपरीक्षक, इलाका प्रहरी कार्यालय रानी समेतको टोलीले गाउँपालिका १ धुनीबाट नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले गाडीका चालक धरान उपमहानगरपालिका १२ का राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमी गाउँपालिका ६ का १९ वर्षीय सुरज राईलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा १५५ केजी गाँजा बरामद गरेको थियो ।
प्रहरीले गडी र दुवै जनालाईलागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
प्रहरीले गाँजा कारोबारमा संलग्न थप व्यक्तिको समेत अनुसन्धान गरिरहेको जानकारी दिएको छ । प्रहरीले नियन्त्रण लिएका दुवै जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रहरीलाई ठक्कर दिन खोज्ने स्कार्पियोमा १५५ केजी गाँजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्