काठमाडौं शिक्षालय ललितपुरले मनायो नयाँ वर्षसँगै टोपी र राष्ट्रिय पोशाक दिवस
काठमाडौं, पुस १७ गते । काठमाडौं शिक्षालय ललितपुरले अंग्रेजी नयाँ वर्ष सन् २०२५ को दिन विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस, राष्ट्रिय पोशाक दिवस र नयाँ वर्ष मनाएको छ ।
ललितपुर इमाडोलमा रहेको शिक्षालयले जापानी स्काउट लिडरहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराई कार्यक्रम सम्पन्न गरेको हो । शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले जापानी स्काउट अतिथिहरुलाई टीका लगाइदिएका थिए ।
कार्यक्रममा जापानी स्काउटहरुलाई नेपाली ढाकाटोपी लगाइदिँदै शिक्षालयका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेले देशको भेषभूषा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षालयका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरु ढाका टोपीसहितको नेपाली पोशाक र विभिन्न भेषभूषामा कार्यक्रममा उपस्थित भएका थिए ।
विगत ५ वर्षदेखि वर्षेनि नेपाल भ्रमणमा आउने जापानी स्काउटको टोली यसवर्ष पनि ताकाफुमी हिदाको नेतृत्वमा ९ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ ।

भ्रमण टोलीका टोलीनेता ताकाफुमी हिदाले कार्यक्रममा आफ्नो धारणा राख्दै यस प्रकारका कार्यक्रमले दुई स्काउट संस्थाका सदस्य बीच मात्र नभई दुई देशको दौत्य सम्बन्धमा समेत मलजल गर्ने बताए ।
दुई देश लामो समयदेखि एकअर्काको मित्र रहेकोले दुवै देशको सांस्कृतिक र सामाजिक पक्षको बारेमा नागरिक तहमा आदानप्रदान हुनु राम्रो पक्ष भएको पनि उनले बताए । भ्रमणमा रहेको जापानी स्काउट दलले ललितपुरको मेट्रो स्काउट क्र्युलाई सहयोग स्वरूप टिसर्ट हस्तान्तरण समेत गरेको थियो ।
ग्रेगोरियन पात्रो अनुसार विश्वका अधिकांश देशमा जनवरी महिनाको पहिलो दिनमा नयाँवर्ष मनाउने गरिन्छ भने यसै दिनको अवसर पारेर नेपालमा नेपालीहरुको चिनारीको रुपमा रहेको ढाका टोपी र नेपाली पोशाक दिवसको रुपमा मनाउने गरिएको छ ।

शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेले शिक्षालयमा गुणस्तरीय अध्ययन अध्यापनका अलावा यसप्रकारका विभिन्न सांस्कृतिक, सामाजिक खालका कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताए ।
यसप्रकारका कार्यक्रमले नेपाली पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने र विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन शिक्षालयले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं शिक्षालय ललितपुरले मनायो नयाँ वर्षसँगै टोपी र राष्ट्रिय पोशाक दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्