निःशुल्क खाद्य सामग्री वितरण
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण खाद्य समस्यामा परेको मानव कल्याण समाज भक्तपुरलाई खाद्य सामग्री वितरण गरिएको छ ।
असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्ति समस्यामा पर्न गई दैनिक खाद्य सामग्री उपलब्ध हुन नसकेको अवस्थामा महानगरीय प्रहरी कार्यालय काठमाडौँको विशेष पहल एवं विभिन्न बैंकसँगको सहकार्यमा सोमबार निःशुल्क खाद्य सामग्री वितरण गरिएको हो ।
यहाँ आश्रित ६३ जना फरक क्षमता भएका, अशक्त, असहाय व्यक्ति, हनुमन्ते करिडोर थिमि चारदोबाटोमा बस्दै आएका २० र सल्लाघारीमा बस्दै आएका १२ दैनिक ज्यालादारी मजदुरलाई खाद्य सामग्री वितरण गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
मुलुक लकडाउनको यस विषम परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुनसक्ने विभिन्न अपराध रोकथाम तथा नियन्त्रणका साथै मानवसेवाको उद्देश्यले यस अभियानलाई लकडाउन अवधिभर निरन्तर सञ्चालन गरिने पोखरेलले बताउनुभयो । यस अवधिभर उपत्यकामा अवस्थित कोही कसैले खाद्य सामग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नं १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #निःशुल्क खाद्य सामग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्