परीक्षा केन्द्रको विषयलाई लिएर जनकपुरमा विद्यार्थी आन्दोलित, क्याम्पसमा तोडफोड
काठमाडौं, पुस १६ गते । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्याम्पस) का विद्यार्थी आन्दोलित भएका छन् ।
बुधबार (भोलि) देखि शुरू हुन लागेको स्नातक तहको परीक्षा केन्द्र फरक-फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरू बिहानैदेखि विरोधमा उत्रिएका हुन् ।
उनीहरूले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीमा आगो लगाएका छन् ।
यसअघि राराब क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा नराखिएको विद्यार्थीहरूको भनाइ छ । नियतवस निजी क्याम्पसका सञ्चालकहरूको पैसाको चलखेल र मिलेमतोमा ९ सय विद्यार्थीबाहेक बाँकीको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको उनीहरूको आरोप छ ।
आजै निर्णय नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै स्नातकको परीक्षा हुन नदिने विद्यार्थीहरूले चेतावनीसमेत दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #क्याम्पसमा तोडफोड, #परीक्षा केन्द्रको विषयलाई लिएर जनकपुरमा विद्यार्थी आन्दोलित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्