श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शौक्षिक सामग्री वितरण
धादिङ, पुस १६ गते । धादिङको धुनिवेसी–४ स्थित श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा वितरण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं, ईन्द्रायणी खुसिबुले सो विद्यायलमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत न्यानो कपडा वितरण गरेको हो । यस विद्यालयका विद्यार्थीहरु मध्ये ९० प्रतिशत विद्यार्थी दलित समुदायका रहेको र अति न्यून आय भएका छन् ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रका बिच लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल, रमेश अधिकारी, बालकृष्ण बुर्लाकोटी, निरा बज्राचार्य, सलिना दहालले विद्यालयका प्रधान अध्यापिका देवी पौडेललाई शैक्षिक सामग्री हस्तान्त्रण गर्नुभएको थियो ।
यता लायन्स क्लब अफका अध्यक्ष अमरराज सुवालले दलित र अति न्यून आय भएका विद्यार्थीहरुको बाहुल्यता रहेकाले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक वातावरण सुधार र बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजना बनाई उक्त कार्यक्रम अघि बढेको जानकारी दिनुभयो । साथै समाजको आवश्यकता अनुसार नै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुवालको भनाइ छ ।
आगामि दिनमा पालिकाको शिक्षाको गुणस्तर बढाउने र पूर्वाधार विकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्दै लायन्स क्लवलाई विद्यालय र बालबालिकालाई गरेको सहयोग प्रति विद्यालयका प्र.अ. पौडेलले आभार व्यक्त गर्नुभयो ।
विद्यालयका प्र.अ पौडेलले आफु विद्यालयमा आएको दिनबाटै विद्यालयको अवस्था सुधार गर्न लागि परेको जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लबका भाइस डिष्टिक्ट गभर्नर रमेश अधिकारी, इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी निरा बज्राचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पालिका शिक्षा विभागका सदस्य, अविभावकहरुका साथै लायन्स क्लबका विभिन्न तहका पदादिधारीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #श्री जीवनपुर कुलचन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शौक्षिक सामग्री वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्