कोरोना भाइरसका कीटाणु हटाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे’
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ ।
क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाहअनुसार नगरापालिकाका वडा नं ५, ६, ७ र ८ क्षेत्रमा छर्की सकिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।
आज नगरपालिकाका वडा नं ९, ४, ३, २ र १ मा पनि क्लोरिन छर्कने कार्यक्रम रहेको पनि उहाँले सुनाउनुभयो । खाद्यान्न अभाव हुन नदिन १० हटलाइनको व्यवस्था गरी नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । बाहिरका मानिस प्रवेश निषेध नगरपालिकाको वडा नं ३ साविकको बालुवा गाविसका स्थानीयवासीले सूचना टाँस गरी बाहिरबाट आउने मानिसलाई वडाभित्र प्रवेशमा रोक लगाएका छन् ।
बाहिरबाट आएका मानिसका माध्यमबाट वडावासीमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावना देखिएकाले यस्तो गर्नुपरेको स्थानीय राजकुमार केसीले राससलाई बताउनुभयो । यज्ञडोल (जगडोल) सामुदायिक वनको राष्ट्रिय शहीद स्मारक निर्माणस्थलमा बिहान धेरै मानिस प्रभातीय हिँडडुलमा आउने क्रम नरोकिँदा सङ्क्रमण फैलन सक्ने खतरालाई न्यून गर्न यसो गरिएको हो । स्थानीवासीले प्रहरीलाई समेत खबर गरेपछि हाल गस्ती बढाइएको छ । कोरोनाको खतरा अन्त्य नभएसम्म घरघरमा आउने पाहुनाका लागि पनि निषेध गरिएको सूचनामा उल्लेख छ ।
वडाध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको विपद् व्यवस्थापन उपसमितिले विदेशबाट आएका मानिस छन् कि भनी खोज अभियानसमेत सञ्चालन गरेको थियो । पहिलो चरणको खोज अभियानबाट विदेशबाट आएका मानिस वडामा बसेको नभेटिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रसूति हुने महिला, कोरोनाको लक्षण देखिन सक्ने बिरामी र अन्य गम्भीर रोग लागी तत्काल अस्पताल जानुपरेमा सवारी साधन तयारी अवस्थामा राखिएको पनि उहाँले सुनाउनुभयो । स्थानीयवासी खेतीपातीको कामसमेत नगरी घरभित्रै बसेका छन् । खाद्यान्न पसल बिहान बेलुकीमात्र खोली भीडभाड नगर्न पनि वडा कार्यालयले आह्वान गरेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्