घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय
बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् ।
पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५।२ रेक्टल स्केलको भूकम्प गएको थियो । भूकम्पले घरमात्र चर्काए सिन फेरि आउन सक्ने त्रासले घर बाहिरै सुत्नेगरेको वडा –५ का अतिराम दमाइले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घर नछोडौं भुकम्पको डर छ । घर छोडौ अन्य कतै बस्ने व्यवस्था छैन । ज्यान जोखिम राखेर भए पनि अहिले घरबाहिरै बास गर्नेगरेका छौं । घर भत्किएर ज्यान नै जाने होकि मनमा डर पसेको छ ।”
हामीलाई खान त के बास बस्न समेत यस्तो दोधारमा हुँदा पनि सम्बन्धित निकायको ध्यान नगएको दमाईले गुनासो गर्नुभयो । गत पुस ६ गते गएको भुकम्पले जगनाथ गाउँपालिकामा झण्डै १२३ घर जोखिममा परेको जगनाथ गाउँपालिकाले जनाएको छ ।
पालिकाको समन्वयमा अहिले त्रिपाल मात्र वितरण गरेको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो । २०७९ वैशाख १५ गते गएको भुकम्पले हिमाली बुढीनन्दा गौमुल, हिमाली, बुढीगङ्गा, बडिमालिका त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भुकम्पले प्रभावित भएका स्थानीयको अस्थायी टहरा निर्माण गर्न गृह मन्त्रालयसँग रकम माग गरेको जिल्ला विपत व्यवस्थापन समिति बाजुराका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
अहिले भुकम्प पीडितहरुलाई तात्काल सुरक्षित ठाउँमा बसोबास गर्न त्रिपाल मात्र सहयोग गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्