अटिजम भएका बालबालिकाको हेरचाह गर्न निर्देशिका तयार पारिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने भएको छ । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्न निर्देशिका तयार पार्न लागेको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरूमा प्रभावकारी काम गर्नका लागि भन्दै रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरिएको हो । निर्देशिका बनाउनका लागि मन्त्रालयले डा।दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ ।
समितिमा दीपकराज सापकोटा, डा।सुनिता मलेकु, डा।मेरिना श्रेष्ठ, डा।अरुण कुँवर सदस्य हुनुहुन्छ । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकेको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनुपर्ने छ । अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गरिने छ ।
समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरू तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालको जनगणना २०७८ अनुसार चार हजार ८८४ जनामा अटिजम भएको छ । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।
अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । केही समयअघि अटिजमका क्षेत्रमा कार्यरत विज्ञहरूसँगसमेत मन्त्री पौडेलले अन्तरक्रिया गर्दै चाल्नुपर्ने कदमका बारेमा रायसुझाव सङ्कलन गरेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #अटिजम भएका बालबालिकाको हेरचाह गर्न निर्देशिका तयार पारिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्