बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघ्यो
पुस १५ गते । बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
डेंगु सङ्क्रमणका कारण प्रदेशमा हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । गत २४ घण्टामा यहाँ १२ जना डेंगु सङ्क्रमित थपिएका छन् । प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा डेंगु पुष्टि भएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा पाँच हजार २१६, चितवनमा दुई हजार ९०६, ललितपुरमा एकहजार ४६१, मकवानपुरमा एकहजार ६१३, भक्तपुरमा एकहजार ६४४, धादिङमा ५६४, नुवाकोटमा ४४१, काभ्रेपलाञ्चोकमा ३४६, दोलखामा १४४, सिन्धुपाल्चोक १४९, रामेछापमा ५७, सिन्धुलीमा ७९ र रसुवामा सबैभन्दा कम पाँच जनामा डेंगु पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार साउनमा ८७८, भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८, कात्तिकमा चार हजार ९१९, मङ्सिरमा एकहजार १११ र पुस दोस्रो सातासम्म ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार जाडोयाममा समेत प्रदेशमा डेंगु सङ्क्रमितको घटेको छैन । गत आवमा प्रदेशभरि एघारहजार ९०६ जना डेंगुबाट प्रभावित हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्