अनुसन्धान बिभागका अधिकृतसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरी कार्यालय सहयोगी राज कुमार रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । बारा जिल्ला प्रहरीले आज पत्रकार सम्मेलन गरेर रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।
गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१(०२८ च ७६१६ नम्बरको ग्रे रंगको इभी कारमा कारभित्र युवक मृत भेटिएका थिए । मृत फेला परेको युवक प्रहरी कार्यालयका सहयोगी रहेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।
मृतक रुम्बा बारा जितपुर सिमरा उपमहानगरपालिका( ०१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत थिए ।
पोष्टमार्टमको क्रममा उनको टाउकोबाट गोलीको बुलेट फेला परेको थियो । उनको मृत्युको कारण गन सट भनि शव परिक्षण प्रतिवेदनबाट खुलेपछि हत्या भएको ठहर गर्दै अनुसन्धान अघि बढाएको थियो ।
उनको हत्यामा संलग्न तीन जनालाई प्रहरी हिजो पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं।१९ घर भई हाल सोही स्थानमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालक २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहान रहेका छन् ।
उनीहरुको साथबाटपुरुषोत्तम कुमार दासको वर्कसपबाट उनले लगाउने गरेको जिन्स पाइन्टको खल्तीबाट रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि १ थान बरामद गरेको छ । साथै दासको कालो रंगको क्याट लेखिएको झोला भित्रबाट रुम्बाको पर्स बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल
दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल थान १ बरामद गरेको प्रवक्ता प्रकाश सापकोटाले बताए ।
मृतक रुम्बा मृत फेला परेको कार राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।
उनीहरुविरुद्ध कसूर दर्ता किताबमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भइरहेको सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार रुम्बाको हत्या गर्नु
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #अनुसन्धान बिभागका अधिकृतसहित तीन जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्