सिमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा
नेपालगन्ज, पुस १४ गते । परराष्ट्रमन्त्री डा।आरजु राणाले बर्दियालगायत विभिन्न सिमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताउनुभएको छ ।
कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुग्नु भएको परराष्ट्रमन्त्री डा। राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिनुहुँदै सो बताउनु भएको हो ।
उहाँले नाकामा छोटी भन्सारहरु खुलाउने विषयमा जनप्रतिनिधिहरुले महत्त्वपूर्ण विषय उठाएको जानकारी दिनुहुँदै यसका लागि पहल गर्ने बताउनुभयो ।
बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्नुहुँदै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताउनुभयो ।
विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरु बर्दिया ल्याउन आफुले पहल गर्ने उहाँको भनाइ छ ।
त्यसअघि परराष्ट्रमन्त्री डा। राणासँग ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट र नेपाल तरुण दल केन्द्रीय सदस्य युवराज अधिकारी लगायतले बर्दिया जिल्लाका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
प्रमुखद्वय लम्साल र भाटले नेपाल भारत सिमानामा पर्ने पुरानो छोटी भन्सार बर्दियाको धनौरा नाकालाई यथासक्य खुलाउनुपर्ने, बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माण तथा सडकमा पर्ने रुख कटानलाई सहज बनाउनुपर्ने माग राख्नुभएको थियो ।
धनौरा नाका र भुरीगाउँ तेलपानी सडक खुलेमा तराईदेखि पहाड हुँदै हिमालसम्म सडक जोडिने र आर्थिक विकासमा फड्को मार्ने उहाँहरुको दाबी छ ।
यस्तै, मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि जङ्गल किनारमा हात्ती छेकवार पर्खाल निर्माणका लागि थप बजेट बढाउनुपर्ने, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गमा आकाशेपुल बनाउनुपर्ने, विश्व बैंक र एशियाली विकास बैंकका विकासका योजनाहरु ठाकुरबाबा र मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका अन्य पालिकामा लागू गराउन पनि मन्त्री राणासँग आग्रह गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्