Techie IT
मंगलबार, कात्तिक २५,२०८३

पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित


काठमाडौं । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

 

वस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पेशी सूची तोकिएपछि आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भइरहेका छन् ।

आइतबार बिहान पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि भइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित


तपाईको कमेन्ट लेख्नुहोस्