सबै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी छ : उपभोक्ता अधिकारीकर्मी महर्जन
काठमाडौं, ९ चैत्र -राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले सबै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी रहेको बताएका छन् । सम्बाद क्लब नेपालमा भएको कार्यक्रममा बोल्दै उनले जनता पनि सजक हुन जरुरी रहेको औल्याए । महर्जनले भारतबाट नेपाल आउने सवारी साधनमा आउने मानिस भित्रता सरकारले प्रभावकारी रुपमा चेकजाँच गर्न नसकेको आरोप लगाए । उनले भारतबाट नेपाल आउने सुनौली नाकामा विहान ६ बजे देखि वेलुका ६बजे सम्म चेकजाँच भए पनि रातीको समयमा चेकजाँच गर्ने काममा लापरवाही भएको बताए।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो दुरीका सवारी रोक्ने निर्णय स्वागतयोग्य भएको बताएको छ । महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले नेपाल सरकारले कोरोना भाइरस आउन नदिन जुन किसिमका कामहरु गरेको त्यसको लागि महासंघले हातेमालो र सहयोग गर्ने बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा जुन सम्वोधन गर्नुभएको छ, त्यसमा पनि महासंघले स्वागत गरेको छ’ अध्यक्ष अधिकारीले भने । उनले कोरोनाको संक्रमण भित्रन नदिन भारतबाट भित्रने भारतीय नागरिक पनि पूर्ण रुपमा रोक्न सरकारलाई आग्रह गरे । साथै अधिकारीले नेपाली सवारी साधनहरुलाई ज्वरो नाप्ने यन्त्र, मास्क जस्ता सामानहरु उपलव्ध गराईदिन समेत सरकारलाई आग्रह गरे । सरकाले तोकेको भन्दा कुनै सवारीले धेरै भाडा लिएको पार्इएमा कारवाहीको दायरामा ल्याउन महासंघले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्