मोन्टी देसाईलाई बिदा गर्ने क्यानको तयारी, नयाँ प्रशिक्षक भारतबाटै ?
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो ।
देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । तर पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
नेपालले टी–२० विश्वकपमा भाग लिएपछि नै देसाईलाई हटाउनेबारे क्यानमा छलफल भएको थियो । लिग २ को पछिल्लो शृङ्खलामा खराब प्रदर्शन र विश्वकपमा पनि जितविहीन भएपछि प्रमुख प्रशिक्षक परिवर्तन गर्नुपर्नेमा क्यानका पदाधिकारीहरू सहमत भएका थिए । तर, सम्झौता अवधि नसकिँदै हटाउँदा राम्रो सन्देश नजाने र ‘भारत चिढिने’ ठानेर क्यानले निर्णय लिन नसकेको स्रोतको भनाइ छ ।
‘मोन्टी देसाईंलाई हटाउने विषयमा विश्वकपपछि नै आन्तरिक समझदारी भएको हो । तर, निर्णय लिन सकिएन । समयमा निर्णय नहुँदा तीन–चार महिना यत्तिकै पाल्नु परेको छ,’ स्रोतले भन्यो ।
विश्वकपपछि नेपालले अमेरिका र क्यानडामा लिग २ का म्याचहरू खेलेको थियो । ती म्याचमा पनि नेपालको प्रदर्शन सुखद रहेन । नेपालले लिग २ को पछिल्लो शृङ्खलामा १२ म्याच खेल्दा ८ वटामा पराजय व्यहोरेको छ । नेपाल लिग २ को अंक तालिकामा पुछारबाट दोस्रो छ ।
देसाईसँगको सम्झौता डिसेम्बरमै सकिँदै छ । उनलाई सम्झौता नवीकरण नहुने विषयमा अनौपचारिक जानकारी गराइसकिएको स्रोतले बतायो ।
क्यानले नयाँ प्रशिक्षकको लागि गृहकार्य गरिरहेको छ । उच्च स्रोतका अनुसार नयाँ प्रशिक्षक पनि भारतीय नै नियुक्त गर्ने सम्भावना प्रबल छ । ‘नयाँ प्रशिक्षकबारे गृहकार्य भइरहेको छ । सम्भवतः भारतबाटै ल्याइन्छ,’ स्रोतले भन्यो ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपीएल० मा वेस्ट इन्डिजका लिजेन्ड खेलाडी ब्रायन लारा नेपाल आएका थिए । क्यानले उनीसँग नेपाली क्रिकेटसँग कुनै रुपमा जोडिने प्रस्ताव राखेको बुझिएको छ । प्रशिक्षक नै बनेर आउने सम्भावनालाई भने लाराले इन्कार गरेको स्रोतले बतायो ।
‘उहाँले स्पष्ट शब्दमा तपाईंहरु मलाई एफोर्ड गर्न सक्नुहुन्न भन्नुभयो । यद्यपि, नेपाली क्रिकेटप्रति एकदमै सकारात्मक भएर जानुभएको छ,’ स्रोतले भन्यो ।
क्यान प्रवक्ता छुम्बी लामाले प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण गर्ने वा नगर्ने विषयमा चाँडै क्यानको बोर्ड बैठकले निर्णय गर्ने बताए ।
‘हामी छलफलकै क्रममा छौँ । बोर्ड बैठकबाट औपचारिक निर्णय हुन्छ,’ उनले भने ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #नयाँ प्रशिक्षक भारतबाटै ?, #मोन्टी देसाईलाई बिदा गर्ने क्यानको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्