कोरोनाको उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिका , आइसोलेसन वार्ड स्थापना गर्ने तयारी
टोखा, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिकाले आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ । टोखा २ मा अवस्थित टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा तत्कालका लागि ५ वेडको आइसोलेसन वार्ड स्थापना गरिन लागिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
टोखा नगरपालिका स्वास्थ्य शाखा र डाक्टरहरुसँगको छलफलबाट हालका लागि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसनको सञ्चालन गर्ने र पछि आवस्था हेरी वेड संख्या बढाउनुका साथै धापासी र गंगबुँमा पनि आइसोलेसन वार्ड विस्तार गरिने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आगामी दिनहरुमा प्राथमिकताका आधारमा विशेष कार्यक्रम तथा व्यवस्थापनका कार्यहरु अगाडी बढाइने समेत उहाँले बताउनुभयो ।
वास सेन्टर राखिने
कोरोना सजगताका लागि टोखा नगरपालिका छिर्ने मुख्य नाका तथा सर्वसाधारणको बढि भीड हुने स्थानहरुमा वास सेन्टर निर्माण गरिने भएको छ । नगरपालिका, वडा र बजार क्षेत्रका साधारणका लागि हात धुने ठाउँ तयार गर्ने उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिनुभयो ।
टोखा नगरपालिका छिर्ने मुख्य नाकाहरु सामखुशी बसुन्धारा गंगबु लगायत नगरका आवश्यक र सर्वसाधारणहरुलाई पायक पर्ने स्थानहरुमा एक हजार लिटरको ट्यांक जडित हात धुने ठाउँ वास सेन्टर राखिने उनले बताउनुभयो ।
सचेतना र सजगताका कार्यक्रम
कोरोनाको सङ्क्रमण रोकथामका लागि कोरोनाबारे सचेतना र सजगताका सम्वन्धी पर्चा, पम्प्लेट छपाएर महिला स्वास्थ्य स्वयं सेविका मार्फत प्रत्येक वडाको घरघरमा वितरण गरिनुका साथै गाडिबाट म्याइकिन समेत गरिरहेको टोखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रण लाल कुलालले बताउनुभयो ।
शाखा प्रमुख कुलालका अनुसार नगर भरिका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयमसेवीका, नगर तथा वडास्तरीय सचेतना कार्यक्रम समेत सम्पन्न भैसकेको छ भने नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारीमा टोखा नगरपालिका अगाडि बढिरहेको छ ।
कोरोना भाइसरको बारेमा सचेतना तथा सूचना दिने उद्देश्यले नगरपालिकाको मूख्य पाँच स्थानहरुमा सन्देशमुलक बोर्ड राखिएको छ । चैत्र ६ गतेदेखि हुनेभनिएको एसईई परिक्षाको पाँचवटा केन्द्रमा चिकित्सक सहितको हेल्थ डेक्सको तयारी समेत गरिएको शाखा प्रमुख कुलालले बताउँनुभयो ।
newsof tokha .com
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्