Techie IT
मंगलबार, कात्तिक २५,२०८३

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने


प्रदिप ढकाल ,भक्तपुर
पुष ११, बिहिवार ।

चाँगुनारायण नगरपालिकाको आयोजनामा बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२लाई लक्षित गरि यही पुष २० गते चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली फाँटमा प्रतियोगिता आयोजना हुन लागेको हो।

चाँगुनारायणको परम्परागत बाजामा युवा आकर्षण, आन्तरिक पर्यटकको वृद्धि एवम् पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिताको तयारी तीब्र बनाइएको नगरपालिकाले जनाएको छ । त्यसका लागि चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको छ । प्रतियोगिताको लागि खुल्ला गरिसकिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले पुष १५ गतेभित्र दर्ता फाराम भरिसक्नुपर्नेछ ।

प्रतियोगिताको विजेतालाई नगद ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या, द्वितीयलाई रु. २५,०००सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीय : रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा१ थान भुछ्या १ थान, सान्त्वना : रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट): धिमय्बाजा १ थान, उत्कृष्ट छैटौ देखि १० औं स्थानसम्म : भुछ्या १–१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्