काठमाडौंको कम्युनिस्ट आन्दोलनको इतिहास लेखनमा जुट्यो एमाले
काठमाडौं । नेकपा एमाले काठमाडौ जिल्ला कमिटिले इतिहास लेखन लाई अगाडी बढाको छ । २००६ सालमा कम्युनिस्ट पार्टी गठन भए पश्चात संस्थापक महासचिव पुष्पलाल, सदस्यहरू निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य,नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ रहनु भएका कम्युनिष्ट पार्टीको अव काठमाडौ जिल्ला कम्युनिष्ट आन्दोलनको पनि इतिहास लेखिने भएको हो ।
बुधवार ईतिहास लेखनका संयोजक कृष्ण राईको संयोजकत्वमा बसेको बैठकले तिन महिना भित्र काम सक्ने गरी अगाडी बढेको छ । जस अनुरुप काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका संयोजक , ईन्जार्ज सचिव , जिल्ला पार्टी पदाधिकारी , केन्द्रिय सदस्य लगायतको उपस्थीती रहेको थियो ।
जिल्ला कमिटिको मिति २०८० कार्तीक १७ गते बसेको नवै पूर्ण कमिटिको बैठकको निणर्य बमोजिम काठमाडौमा कम्युनिष्ट पार्टीको ईतिहास तयार पार्ने प्रारम्भीक तथ्याङ्ग संकलन , प्रकीया सन्दर्भ सामाग्री बारे पूर्व अध्यन बारे घनिभूत छलफल भएको समितिका संयोजक कृष्ण राईले बताउनु भयो ।
यस्तै समितिका संयोजक एवं पोलीटब्यूरो सदस्य राईका अनुसार इतिहास पुस्तीकामा एमालेको मात्र नभई समग्र कम्युनिष्ट आन्दोलनका घटनाक्रम , पुराना कम्युनिट नेता एवं कार्यकर्ताहरु , एतिहासीक स्थल , दस्ताबेज आदीलाई समेटिर पुस्तक तयार पारीनेछ भने डिजिटल सन्र्दभ सामाग्री समेत तयार पारीने छ ।
इतिहास लेखन गर्ने पालिका स्तरमा समेत समितिहरु गठन भएका र अन्तिम रुप दिन पार्टी पार्टीका बिभिन्न तह र तप्कासंग छलफल गरि तयार गरिने बताउनु भयो ।
समितिका संयोजकमा पोलीटब्यूरो सदस्य कृष्ण राई र सदस्यहरुमा सानुकुमार श्रेष्ठ , रत्न गुरुङ्ग , बिदुर चालिसे , दीपक निरौला , नबराज पराजुली ,शार्दुल भट्टराई र पुकार तिमलसिना रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंको कम्युनिस्ट आन्दोलनको इतिहास लेखनमा जुट्यो एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्