जनकपुरले मधेशको आठै जिल्लामा एनपीएलको ‘ट्रफी परेड’ गर्दै
हेटौंडा । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको सबै आठ जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।
बिहीबार आफ्नो अफिसियल फेसबुक पेज मार्फत जनकपुरले ४ दिन लामो ‘ट्रफी परेड’ को बारेमा जानकारी दिएको हो ।
शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।
‘ट्रफी परेड’को लागि अहिले जनकपुरले आफ्नो ट्रफिलाई व्यवस्थापनको लागि हेटौँडामा बसेर साजसज्जाको काम गरिरहेको छ । गत शनिबार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #जनकपुरले मधेशको आठै जिल्लामा एनपीएलको ‘ट्रफी परेड’ गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्