कास्की अदालतमा रविको बयान सुरु
लेखनाथ, पुस ११ गते । जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएपछि सोमबारबाट बयान सुरु भएको थियो । यसअघि गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र लीला पछाईको बयान भइसकेको छ ।
जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बयान सुरु भएको जानकारी दिनुभयो । “लीला पछाईको बयान सकिएर अहिले रावि लामिछानेको बयान जारी छ ।” अहिले हिरासतमा रहनुभएका सात जनाको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र आरती गुरुङ अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
सूर्यदर्शन सहकारीमा पूरक र थप सबै गरी ६३ जना प्रतिवादी कायम भएका छन् । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कास्की अदालतमा रविको बयान सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्