पाँच महिनामा जीवन बीमा कम्पनीले उठाए ६५ अर्ब ७४ करोड बीमा शुल्क
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हुन् ।
जीवन बीमा कम्पनीहरूले उक्त शुल्क प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८ करोड ९७ लाख र नवीकरण बीमा शुल्कबाट ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ संकलन भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ७ अर्ब ६६ करोड ३६ लाख र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ७६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख संकलन गर्दा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९९ करोड ६८ लाख बीमा शुल्क संकलन गरेका छन् ।
त्यसैगरी, यस अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ७९ करोड १४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking, #पाँच महिनामा जीवन बीमा कम्पनीले उठाए ६५ अर्ब ७४ करोड बीमा शुल्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्