देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सरसफाइलाई तीव्र सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनुभयो ।
मन्त्रालयमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थलको सफाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले काम अघि बढाउने स्पष्ट पार्नुभयो ।
उहाँले सफाइ मजदूरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताउनुभयो । सो अवसरमा एनआरएनए अभियानकर्मी एवं सफाइ विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलको सरसफाइ अवस्थाको बेग्लाबेग्लै ‘अडिट’बुझाउनुभएको थियो ।
धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तर्राष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो । ‘अडिट’मा हाल विमानस्थलको सरसफाइको अवस्था, कानूनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामको सूची र सुझाव समावेश छ ।
शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाइ गर्नुपर्ने सफाइका स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने, सरसफाइ मजदूरलाई तालीमको व्यवस्था गर्नुपर्ने, सफाइ मजदूरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिनुभएको । मन्त्री भट्टराईले उल्लेखित सुझाव महत्वपूर्ण र सान्दर्भिक भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाइ शुरु गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिनुभयो ।
उहाँले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिनुभएको हो । सुधारका सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्थाबारेमा प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्