अस्तिभन्दा हिजो भिडियोमा सम्राटको एकल अभिनय
काठमाडौं, ८ पुस बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो….को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् । यो गीतमा नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । गीतको बोल यस्तो छ, ‘अस्ति भन्दा हिजो हिजोभन्दा आज अझै झनझन झनझन हावामा हराउँदैछु किन म त बुझ्दै बुझिन…’ गीतको शब्द जती सान्दर्भिक छ । गीत पनि निकै माधुर्य बनेको छ । गीतमा गायक करणले न्याय गरेका छन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ । किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए । उनका अनुसार यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको हो । गीतको मर्म अनुसार भिडियोलाई विभिन्न समयमा छायांकन गरिएको छ । सम्राटको यो भिडियोले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अस्तिभन्दा हिजो भिडियोमा सम्राटको एकल अभिनय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्