फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर सहयोग
पुस ५ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ‘सोलु चाम नामक’ गैरसरकारी संस्थाले फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर (करिब ६५ लाख नेपाली रुपियाँ) सहयोग गर्ने भएको छ ।
सोलुखुम्बुमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालिका संघको सहजीकरणमा सोलु चाम र नगरपालकिाबिच फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएपछि वार्षिक रुपमा उक्त सहयोग आउने भएको हो । नगरपालिकाका ५ वटा वडामा फोहोरमैला व्यवस्थापन, फलफूलका बिरुवा वृक्षारोपण, विद्यार्थीमा जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा लगानी गर्नेगरी सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र शेर्पा बालबालिका सहयता संघका अध्यक्ष निमा शेर्पाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
चालु आर्थिक वर्षमा संघले ५० हजार अमेरिकी डलर शेर्पा बालबालिका संघमार्फत् खर्च गर्ने र प्रभावकारी काम भएमा आगामी वर्षहरूमा पनि सम्झौता नवीकरण गर्दै जाने शेर्पा बालबालिका संघ अध्यक्ष निमा शेर्पाले बताउनुभयो ।
परियोजना नगरपालिकामा पाइलट प्रोजेक्ट भएको भन्दै यसको दिगोपना र प्रभावकारीता हेरेर अगाडी बढ्ने मेयर शेर्पाले बताउनुभयोे । नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी कामलाई प्रभावकारिताका साथ अगाडि बढाउने बताउँदै उहाँले ५ वटै वडामा काम यथाशिघ्र सुरु हुने बताउनुभयो । उहाँले सम्झौता कार्यान्वयनमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने पनि प्रष्ट पार्नुभयो ।
यसअघि पनि शेर्पा बालबालिका संघले नगरक्षेत्र भित्रका विद्यालयमा फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्य सञ्चालन गरेको थियो । सोही आधारमा सोलु चाम र नगरपालिका बिच आयोजना कार्यान्वयन गर्ने समझदारी भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्