अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय
काठमाडौँ, पुस ४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियुले बिहीबार त्रिभुवन विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएदेखि नै कुनै पनि शिक्षालयमा तालाबन्दी नगर्ने प्रतिबद्धता अनुरुप हरेक विषय शालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताउनुभयो ।
उहाँले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिविका सचिव सिद्धान्त भट्टले त्रिविको शैक्षिक उन्नयन र प्रगतिका लागि ३५ बुँदे मागसहित करिब आठ दिनदेखि भिसी कार्यालय, कीर्तिपुरमा धर्ना बसिरहेको भन्नुहुँदै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले स्ववियु निर्वाचन फाुगन १५ गते गराउनुपर्ने तथा निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिविको भौतिक पूर्वाधार व्यवस्थापन तथा शैक्षिक गुणस्तर विकासका सम्बन्धमा शालीनतापूर्वक राखिएको मागप्रति त्रिविका पदाधिकारी जिम्मेवार नदेखिएको भनाइ उहाँको छ ।
यस्तै, अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी, देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनका लागि काठमाडौँमा कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।
अनेरास्ववियुले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेषण गर्ने, व्यक्तिको चरित्र हत्या गर्नेलाई कानुनी कारवाहीमा ल्याउन सरकारलाई अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्