बाँकेमा धानखेती क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
पुस ४ गते । बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले गत वर्षभन्दा यस वर्ष जिल्लामा धान उत्पादन बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादन भने बढेको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार यस वर्ष ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिक टन धान उत्पादन भएको हो । प्रति हेक्टर ४.४० मेट्रिक टनका दरले उत्पादकत्व रहेको उहाँले बताउनुभयो ।
“गतवर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ, गतवर्ष भन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको छ ।” सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती भएको थियो, यसवर्ष भने ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती भयो, तर उत्पादन भने बढ्यो ।”
श्रेष्ठका अनुसार गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती हुँदा प्रति हेक्टर ४.२० का दरले उत्पादकत्व रहेको थियो । वर्षे धान र चैते धान गरेर एक लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
“गत वर्षभन्दा यसवर्ष प्रति हेक्टर धान उत्पादकत्व पनि बढेको छ, गतवर्ष वर्षे र चैते धान गरेर एक लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भयो, प्रति हेक्टर ४.२० मेट्रिक टन उत्पादकत्व थियो,” श्रेष्ठले भन्नुभयो, “यसवर्ष भने प्रति हेक्टर ४.४० मेट्रिक टन उत्पादकत्व रह्यो, वर्षे धान मात्र एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिक टन उत्पादन भयो ।”
बाँकेमा चैते धान भन्दा वर्षे धान नै बढी खेती हुने उहाँले बताउनुभयो । “कूल धान खेती हुने क्षेत्रफलमध्ये करिब ३५ देखि ४० हेक्टर जमिनमा मात्र चैते धानको खेती हुन्छ, बाँकी सबै वर्षे धान नै खेती हुन्छ ।” श्रेष्ठले भन्नुभयो, “जिल्लामा २५ हजार ११५ दशमलव ३० हेक्टर जमिन सिँचित क्षेत्रफल रहेको छ, बाँकी जमिन आकाशे पानीको भरमा खेती गर्ने क्षेत्रफल रहेको छ ।”
गत आवभन्दा यसवर्ष ४.२४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिँचित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #उत्पादन बढ्यो, #बाँकेमा धानखेती क्षेत्रफल घट्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्