कास्कीका प्रहरी प्रमुखलाई प्रश्न- हिरासतमा रवि सुतेको भाइरल तस्बिरको वास्तविकता के हो ?
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हिरासत कक्षमा सुतिरहेको भनेर सार्वजनिक भएको तस्बिरबारे प्रहरीले छानबिन थालेको छ ।
बुधवार रातिदेखि रास्वपा कार्यकर्तामार्फत भाइरल भएको सो तस्बिरको वास्तविकताबारे प्रहरीले छानबिन थालेको हो । फोटो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको प्रहरीले जनाएको छ ।
उक्त फोटो केही दिनअघि डा. निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोष्ट भएको थियो । उनले अहिले डिलिट गरिसकेका छन् ।
निकोलशले सो तस्बिर आफैँले खिचेको र कसैलाई दोषारोपण नगरेको भन्दै तस्बिर खिचेर सार्वजनिक गरेकोमा फेसबुकबाटै माफी मागेका छन् ।
कास्की प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको बताएको छ । ‘मैले पनि भर्खर देखेँ । के रैछ । यसबारेमा छानबिन गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी अजयबाबु ओलियाले भने ।
कास्की हिरासतको फोटो हो ? भन्ने प्रश्नमा उनले भने, ’त्यो बारेमा पनि कन्फर्म भएको छैन । छानबिन गर्दैछौं ।
रवि यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई त्यसयता कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका रविलाई अन्य थुनुवा भन्दा फरक ठाउँमा राखिएको छ । अहिले रविको हिरासतमा सुतिरहेको फोटो भन्दै सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनेको छ। उक्त फोटो एक व्यक्ति सुतिरहेको देखिन्छ । साइडमा टेबल र त्यसमाथि किताब पनि छन् । अहिले सो तस्बिरलाई फरक फरक दृश्यसहित सोसल मिडियामा भाइरल बनाइएको छ ।
रास्वपा नेता दीपक बोहोराले सो तस्बिर रविकै भएको र टेबुलमा रहेको किताब कुरान नभएर फरिद जाकरिया आर्ट अफ लिभिङ भएको बताएका छन् ।
उनले तस्बिर कसले खिचेर कुन उद्देश्यले सार्वजनिक गरियो भन्ने प्रश्न आफूहरूको रहेको भन्दै यसले रविको सुरक्षामाथि समेत प्रश्न उठेको बताए । सुविधा सम्पन्न कोठामा रविलाई राखेको देखाउन यो तस्बिर लिक गरिएको आशंका रास्वपा नेताहरूको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कास्कीका प्रहरी प्रमुखलाई प्रश्न- हिरासतमा रवि सुतेको भाइरल तस्बिरको वास्तविकता के हो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्