विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि १६ जनाको आवेदन (सूचीसहित)
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि १६ जनाको आवेदन परेकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार १६ जनाले आवेदन दिएकाे हो ।
जसमा डा.मन्दिप सुवेदी, डा.धर्म उप्रेती, डा।सुर्यनारायण श्रेष्ठ, डा.बसन्त अधिकारी, डा.राजु थापा, डा.सुमन कर्ण, डा.गणेश जिमी, मधुसूदन गौतम, ज्वाला पाण्डेय, दिनेशप्रसाद भट्ट, लबप्रसाद जोशी, केशबराज जोशी, रामप्रसाद पौडेल, सहदेब चन्द, संजय यादब, दिपकबिक्रम थापाको उम्मेदवारी दर्ता भएको हो ।
प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधी हासिल गरेको, ३५ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ ।
यस्तै विपद् व्यवस्थापनको क्षेत्रमा अधिकृतस्तर वा त्यस भन्दा माथिल्लो स्तरमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौछ प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ मा उल्लेख छ ।
छनौट समितिले सोच पत्र र व्यवसायिक कार्ययोजनाको मूल्यांकन, सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन, शैक्षिक योग्यता, तालिम र अनुभवको मुल्यांकन तथा व्यक्तिगत अन्तरवार्ता प्रक्रियाबाट छनौट गर्नेछ । जसमा मुल्यांकनको पुर्णांक १० को हुने र कम्तिमा ४० अंक प्राप्त गरेको व्यक्ति उर्तिण हुनेछ ।
शैक्षिक योग्यता, तालीम र अनुभवको प्राप्तांक एवम सोचपत्र तथा व्यवसायिक कार्ययोजनाको मूल्यांकनको प्राप्तांक समेत जोडेर सबैभन्दा बढी अंक प्राप्त गर्ने बढीमा ५ जना उम्मेदवारलाई छनौट गरेर प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइनेछ ।
सबैभन्दा बढी अंक प्राप्त गर्ने बढीमा ३ जना उम्मेदवारको नामावली योग्यताक्रमको आधारमा निर्धारण गरी प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गृह मन्त्रालयमार्फत सरकार समक्ष सिफारिस गरिनेछ ।
अहिले प्राधिकरणका कार्यकारी प्रमुख रहेका अनिल पोखरेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी प्रमुख नियुक्तिकाे प्रक्रिया अघि बढेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि १६ जनाको आवेदन (सूचीसहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्